गर्भावस्थाको बेला महिलालाई विभिन्न किसिमका पोषकतत्वहरूको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ ।
आमाले खाएको खानेकुराले नै गर्भको भ्रुणको विकासमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम तथा प्रोटिन निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकासका लागि गर्भवती महिलाले विभिन्न किसिमका पोषिला खानेकुरा खाने गर्नुपर्दछ । कम फ्याटयुक्त दुग्ध पदार्थहरूलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुई पटक पनीर वा चिज खानु लाभदायक हुन्छ ।

गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरूको विकासमा बदाम खानु राम्रो हुन्छ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।
अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिङ्क, भिटामिन ए, डी लगायतका पौष्टिक तत्व हुन्छ, जसले गर्भवती महिलालाई फाइदा गर्दछ ।
गर्भवती महिलाहरूले नियमितरूपमा माछा–मासु सेवन गर्नु लाभदायक हुन्छ । यसले भ्रुणको विकासमा सहयोग पुग्दछ र आमा तथा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले शुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ ।

तिल पनि क्याल्सियमको उत्तम स्रोत हो । त्यसैले तिलको सेवन गर्नु गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ ।
पालुङ्गो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा तथा फलफूलहरूमा प्रशस्तमात्रामा क्याल्सियम, आइरन पाइन्छ । यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकासमा पनि सहयोग पु¥याउँदछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात तथा फलफूलको सेवन लाभदायक हुन्छ ।
– साभारः नेपाली हेल्थ