धनकुटा । प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सङ्खुवासभाले जितेको छ । धनकुटामा शनिबार सम्पन्न फाइलनमा सुनसरीलाई सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । सङ्खुवासभाले २५–१७, २५–१७ र २५–१६ को सेटमा हराउँदै नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।

सुनसरीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । व्यक्तिगततर्फ बेस्ट लिफ्टर सङ्खुवासभाकी सविता गजमेर, बेस्ट प्लेयर सङ्खुवासभाकी शारदा गजमेर, बेस्ट सर्भिस सङ्खुवासभाकै लक्ष्मी राई बनिन् । त्यस्तै बेस्ट डिफेन्समा सुनसरीकी कञ्चन श्रेष्ठ र बेस्ट स्पाइकरमा सुनसरीकै अनुस्का चौधरी बनिन् ।

हरेकलाई नगद ५ हजार र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
विजेता खेलाडीहरूलाई प्रदेशसभाका न्याय प्रशासन विधायक समितिका सभापति इन्द्रमणि पराजुली, प्रदेश सांसद् लक्ष्मण तिवारी, बलबहादुर साम्सुहाङ्ग, कुसुमकुमारी श्रेष्ठ, होमकुमारी साँवालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिता संयोजक तारा तितुङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।