ताप्लेजुङ। नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता’ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आईतवारवाट सुरु हुँदैछ । प्रतियोगिताको नेकपाका प्रभावशाली नेता तथा प्रतिनिधि सभा सांसद योगेश भट्टराईले गर्ने खेल संयोजक दिवश चोङवाङ्ले जानकारी दिए ।
खेल बैशाख २६ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख ५१ हजार पाँचसय पाँच रुपैयाँ, उपविजेतालाई एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ र सेमी फाईनलका उपविजेता टिमहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने बताईएको छ ।
यस्तै प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई पन्ध्र हजार, विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट कुइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले प्रदान गरिनेछ । प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रहेको बताइएको छ । नारायाणी माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा विभागिय टोली आर्मी, पुलिस, सशस्त्र लगायतका टिमको सहभागिता रहने आयोजकले जानकारी दियो । खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ ।