अब युद्धघोष गर्नुपर्छ
उठौं अब जागौं साथी
चेतनाको दीप बाल्नुपर्छ
जनताको राज ल्याउनलाई
फलामको किल्ला गाल्नुपर्छ
................
तिनको सामन्ति महल
अब दन्दनी बाल्नुपर्छ
सम्मान र समानताको यो लडाइ“मा
सामन्तिको अवरोधहरू फाल्नुपर्छ
.............
उठाउ अग्न्यास्त्र बजाउ नगरा
अब युद्धघोष गर्नुपर्छ
जङ्गेको स्याहा जागेछ
बाटाभरि लाभा छर्नुपर्छ
....................
लुगलुग खुट्टा नकमाई
अब त जङ्घार तर्नुपर्छ
चट्टानमा पनि फूल फुलाउन
अब रक्तविजहरू छर्नुपर्छ
...................
मुक्तिसङ्ग्रामको यो महान यज्ञमा
देशले बलिदान खोजिरहेको छ
ए कोही छौ मेरो अस्मिता बचाउने
देशले हामीलाई सोधिरहेको छ 
 
२०७६।१।८ । धरान