भद्रपुर / विवाहको पण्डाल वनाउने क्रममा बिजुलीको करेन्ट लागेर भद्रपुरमा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भद्रपुर ५ मेची किनारका १८ बर्षीय राजु साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार भद्रपुर ५ स्थित बधशाला अगाडी विवाहको पण्डालमा बिजुली जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको प्रहरीको भनाई छ ।
घाइते साहको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । साहको दाँया हात पूरै र खुट्टा तथा शरिर पनि केही जलेको उनले जनाए ।
विवाहको पण्डाल वनाउने क्रममा करेन्ट लागेर एक युवक गम्भीर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































