धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको केटिएम सेक्युरिटी प्रालिविरुद्ध मजदुरहरुको श्रम शोषण गरेको भन्दै केही मजदुरहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । उजुरीको तत्काल कार्यन्वयन गर्दै श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले केटीएमले पाउने भुक्तानी रोक्का गरि मजदुरले नियम अनुसार पाउने सुविधा मिलाउन प्रतिष्ठानलाई निर्देशन दिएका छन् । उनले मंगलबार नै पत्र पठाई निर्देशन दिएका हुन ।
प्रालिमा लामो समयदेखि कार्यरत सुरक्षा मजदुरहरु प्रविण राई, प्रेम कुँवर, हेमन्त राई, उमेश दाहाल, रत्नकुमार नेम्बाङसहितका १३९ जनो कामदारहरुले श्रम ऐन र नियमावली वमोजिम सेवा सुविधा नपाएको भन्दै गत गत कार्तिक ८ गते श्रम कार्यालयमा उजुरी दिएका थिए । गत फागुन २८ गते श्रम कार्यालय, सेक्युरिटी कम्पनिका सिइओ गोविन्द गुरागाई र मजदुर विच श्रम कार्यलयमै त्रिपक्षिय सहमति भएको तर कम्पनिले कार्यन्वय नगरेको केटिएममा कार्यरत प्रविण राईले जानकारी दिए । उनी नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन इकाई कमिटीका सचिव समेत हुन् ।

1 7


लामो सयम अघि सम्झौता भए पनि कम्पनिले मजदुरको बढेको सुविधा दिन आलटाल गरे पछि मंगलबार सुरक्षागार्डको एक समुह श्रम कार्यालय विराटनगर पुगेको थियो । सम्झौताको पत्र देखाउदैं कार्यन्वय नभएको उजुरी दिएलगत्तै श्रम कार्यालयले प्रतिष्ठानलाई पत्र पठाउदै कामदारहरले नियमानुसार पाउने सेवा सुविधाहरु उपलब्ध नगराएसम्म केटिएमले पाउनुपर्ने सम्पुर्ण रकम रोक्का गर्न निर्देशन दिएको हो ।

2 3

वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले प्रतिष्ठानलाई पठाएको पत्रमा केटिएमले पाउनुपर्ने रकम रोक्का राखेको बिषयमा लिखित जानकारी गराउन पनि अनुरोध गरिएको छ । ‘राज्यले मजदुरलाई दिन भनि तोकिएको रकम नदिएको पाइयो । उजुरी परे पछि केटिमलाई भुक्तानी नदिन प्रतिष्ठानलाई हिजै पत्र पठाइएको छ ।’–प्रमुख सञ्जेलले भने । सरकारले मजदुरहरुको तोकिएको सेवा सुविधा श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ अनुसार नदिएको भन्ने उजुरी आए पछि पत्र पठाउने काम भएको सञ्जेलले जानकारी दिए ।

3 2

उनीहरुले खाईपाई आएको तलव भत्ता गत साउनदेखि बढाएको भक्ता बापतको १२ सय कम्पनिले नदिएको उनीहरुले बताएका छन् । कम्पनिले साउन देखि बढेको १५ दिनको तलवसमेत हालसम्म नदिएको सेक्युरिटी गार्ड प्रविन राईले बताए । ‘हामीले पटक पटक भन्यौ अर्को महिनाको तलवमा पठाउने भनियो तर हालसम्म सुरक्षा मजदुरहरुले पाएका छैनन् ।
यता प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले श्रम कार्यालयको पत्र आएको बताएका छन् । ‘पत्र आएको छ । यस विषयमा अध्ययन भइरहेको छ ।’–डा. साहले भने ।

4 2


केटिएको प्रतिष्ठानसँगको सम्झौता ७ महिना अगाडी नै सकिएको हो । गत चैत्र २९ गते प्रतिष्ठानले अर्को सम्झौताका लागि टेण्डरसमेत आव्हान गरिसकेको छ । केटिमको समय सकिएकाले मजदुरको पाउनु पर्ने सेवा सुविधा डुव्ने भए पछि मजदुरहरुले श्रम कार्यालयमा उजुरी दिएका थिए ।

5 2 6 1