हरेक आमा–बुबाले बालबालिका लाई घरमा उचित ख्याल गर्नुपर्छ, नत्र रोगले दुःख दिनसक्छ । तपाईका बालबालिकाहरू गर्मी मौसममा खाना, कीटाणु, पानीका कारण झाडापखाला, हैजा, फुडपोइजनिङ, डेङ्गु, भाइरल हेपाटाइटिस, भाइरल फिभर, इन्फ्लुएन्जाजस्ता रोग फैलिन्छन् । तीबाहेक आउँ, हेपाटाइटिस ए, टाइफाइड आदिबाट प्रभावित हुन सक्छन् ।

सामान्यतयाः एक वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन् । गर्मीमा मात्र नभई जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन् । त्यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन् । फोहोर छोएर हात नधोई खाना खायौं भने त्यो पेटमा जान्छ । यदि फोहोर धेरै छ भने झिँगामार्फत् पनि यो भाइरस सर्न सक्छ ।

६ महिनादेखि दुई वर्षसम्म आमाको दूध र अन्य पौष्टिक खानेकुरा खुवाउन सकिन्छ । आमाको दूध जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवम् मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ । आफ्नो शिशुले चाहेको बेलामा जहिले पनि जहाँ पनि आमाले दूध खुवाउन सक्छिन् । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृतसमान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

नवजात शिशुमा रोगप्रतिरोधात्मक शक्ति हुँदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जसले बच्चाहरूको शरीरमा फलाम तत्व दिन्छ । फलाम तŒवको कारण शिशुको शरीरमा कीटाणु प्रवेश गर्न पाउँदैन । आमाको दूधदेखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । आमाको दूधमा रोगाणुनाशक तŒव हुन्छ ।

वातावरणदेखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरको विशेष भागको सम्पर्कमा आउँछन्, जो रोगाणु–विशेषको विरुद्ध प्रतिरोधात्मक तत्व बनाउँछ । रोग लागेपछि उपचार गर्नु एउटा उपाय होला तर गर्मी मौसममा रोग लाग्न नदिनु चाहिँ उत्तम उपाय हो, यसबारेमा हामी सबैजना जागरुक हुन जरुरी छ ।