मानव शरीरमा पानी अनेक अर्थमा जीवनदाता मानिन्छ । यसैले भनिएको पनि छ–जल नै जीवन हो । मानिस मात्र होइन, पानीको उपयोग सबै सजीव प्राणीहरूका लागि एक अनिवार्य आवश्यकता मानिन्छ । रुख बिरुवा एवम् वनस्पतिजगत्का साथै कृषि फसलहरूको सिंचाइका लागि पनि आवश्यक पर्दछ । यो ती पाँच तŒवहरूमध्ये एक हो, जसबाट हाम्रो शरीरको संरचना भएको छ र हाम्रो मन वाणी चक्षुस्रोत तथा आत्मालाई तृप्त गर्दछ । पानी बिना हामी बाँच्न सक्दैनौं ।
शरीरमा यसको कमी भएमा प्यास लाग्छ । पानीले शरीरको सन्तुलन मिलाएर राख्न मद्दत गर्दछ । अतः यो हाम्रो जीवनको आधार पनि हो । अहिलेसम्म प्राप्त जानकारीअनुसार यो प्रष्ट भएको छ कि पानी हाम्रो अस्तित्वको लागि धेरै आवश्यक छ । यसैले यो शुद्घ एवम् सफा हुनु पनि आवश्यक छ । सफा पानी भन्नाले त्यो मानव स्वास्थ्यको लागि हानिकारक अशुद्धीहरू र रोग उत्पन्न गराउने जीवाणुबाट मुक्त हुनु पर्दछ । नत्र हामीले पिउने पानी हाम्रो शरीरको लागि उपयुक्त हुँदैन ।
रोगाणुहरू, विषालु पदार्थहरू एवम् अनावश्यक मात्रामा लवणयुक्त पानीले अनेक खालका रोगहरू जन्माउँछ । विश्वभरमा ८८ प्रतिशतभन्दा बढी रोगहरूमा प्रत्यक्ष या परोक्ष रूपमा प्रदूषित पानीको संलग्नता हुन्छ । प्रतिघण्टा १ हजार केटाकेटीहरूको मृत्यु झाडापखालाका कारणले हुने गर्दछ । जुन प्रदूषित पानीका कारणले हुने गर्दछ । याज्ञवल्क्य संहिताले जीवाणुयुक्त फोहोर फिनेल दुर्गन्धयुक्त खोर हावाको फोका निस्किरहेको पानीले नुहाउन पनि निषेध गरेको छ । तर आजको स्थिति बडो चिन्ताजनक छ । शहरमा बढ्दो आवादीले गर्दा उत्पन्न हुने मलमूत्र, फोहोरमैलालाई पाइप लाइन तथा ढल–नालीबाट प्रवाहित गरी नदी तथा सतही जलस्रोतहरू प्रदूषित गरिँदैछ । यसैगरी विकासको नाममा कलकारखाना, साना–ठूला उद्योगबाट निस्केको फोहोरमैलाबाट पनि हाम्रा खोला–नाला प्रदूषित भइरहेका छन् । जहाँ भूमिगत एवम् पक्की ढल नालीको व्यवस्था छैन । यदि भए पनि फुटेका या चर्किएका छन्, जहाँ मलमूत्र, फोहोरमैलायुक्त पानी भूमिगत या कुनै होचो भूमिमा प्रवाहित गरिन्छ । जहाँबाट यो दूषित जल रसाएर, चुहिएर भू–गर्भ जललाई पनि प्रदूषित गरिराखेको हुन्छ ।
कस्तो विडम्बना, हामीले यस्तो महत्वपूर्ण जीवनदायी जललाई प्रगति एवम् विकासको अन्धो दौडमा रोगकारक बनाइराखेका छौं । जब एक निश्चित मात्राभन्दा बढी यसमा रोगहरू सार्ने विषालु रसायन, सूक्ष्म जीवाणु या कुनै प्रकारको फोहोर अशुद्धी आउँछ, तब यस्तो पानी हानिकारक हुन्छ । यस प्रकारको पानीको उपयोग जब सजीव प्राणीले गर्दछन्, तब विविध रोगको शिकार हुन्छन् । दूषित जलको माध्यमबाट मानव स्वास्थ्यलाई हुने हानिलाई निम्न प्रमुख समूहमा बाँड्न सकिन्छः
दूषित पानीमा भएका रोगजनक जीवबाट उत्पन्न रोगः
विषाणुद्वाराः जण्डिस, पोलियो गैस्ट्रो इन्टराइटिस, रुघाखोकी, सङ्क्रामक हेपाटाइटिस र बिफर ।
जीवाणुद्वाराः झाडापखाला, अतिसार, म्यादीज्वरो, हैजा, रुघाखोकी, सुजाक, उपदंश, जठरान्त्र, शोध प्रवाहीका, क्षय रोग आदि ।
प्रोटोजोवाद्वाराः पायरिया पेचिस, निद्रारोग, मलेरिया, अमिबियोसिस, जियार्डियोसिस ।
जुकाद्वाराः फाइलेरिया, हाइडेटिज, सिस्ट रोग तथा पेटमा विभिन्नखाले जुका पर्नाले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ ।
लेप्टोस्पाइरल बाइल्स रोग
रोग उत्पन्न गराउने जीवबाहेक अनेकौं प्रकारका विषालु तŒव पनि पानीको माध्यमबाट हाम्रो शरीरमा पुगेर स्वास्थ्यलाई प्रभावित पार्दछन् । यी विषालु तŒवहरूमा प्रमुखतः कैडामी यम, लिड, मर्करी, निकल, सिल्भर, आर्सेनिक आदि छन् । जलमा फलाम, मैगनिज, क्याल्सियम, बेरियम, क्रोमियम, कपर, सिलिकन, युरेनियम, बोरोन तथा अन्य लवणहरू जस्तैः नाइट्रेट, सल्फेट, बोरेटे कार्वोनेट आदिको अधिकताले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।
पानीमा म्याग्नेसियम वा सल्फेटको अधिकताले आन्द्रा पोल्ने गर्दछ । नाइट्रेटको अधिकताले केटाकेटीमा मेटा हिमोग्लोबिनेमिया नामक रोग लाग्छ तथा आन्द्रामा पुगेर नाइट्रोसोएमिनमा बदलिएर पेटको क्यान्सर उत्पन्न गराउँछ । फल्लोरिनको अधिकताले फलोरोसिस नामक रोग लाग्छ । यसैगरी कृषिक्षेत्रमा प्रयोग गरिने कीटनाशक औषधि एवम् उर्वरकहरूको अंश पानीको स्रोतहरूमा पुगेर स्वास्थ्य समस्यालाई भयावह बनाउँछ । प्रदूषित ग्यासहरू कार्वन डाई–अक्साइड तथा सल्फर डाइअक्साइड पानीमा मिसिएर पानीको स्रोतलाई अम्लीय बनाउँछ ।
अनुमान छ कि बढ्दो जनसंख्या एवम् लापरबाहीले जहाँ एकातिर प्रदूषण बढ्नेछ अनि त्यही ऊर्जाको माग एवम् खपतको अनुसार महँगो हुनेछ । यसको खानेपानी योजनामा सिधा प्रभाव पर्नेछ । ऊर्जाको पूर्ति हेतु जहाँ एकातिर विशाल बाँध बाँधेर जलविद्युत् योजनाहरूबाट लाभ पाइनेछ, त्यही यसको प्रभाव स्वच्छ जल तथा तटीय पारिस्थितिक तन्त्रमा पर्नेछ, जसका कारण अनेक क्षेत्रमा जलमग्न हुने तथा ठूलो आवादीलाई स्थानान्तरणको साथै सिस्टोमायोसिस तथा मलेरीयाजस्ता रोग बृदधी हुनेछ । जल प्रदूषणको मात्रा दिनदिनै बढिराखेको छ । यसले विकराल रुप धारण गर्नेछ ।
सफा सुरक्षित पानी
अतः सबै प्रकारको जलप्रदूषणबाट बच्नको लागि आवश्यक छ कि पूरै जलप्रवद्र्धनमा जल दोहन यसको प्रयोग र वितरणपछि जल प्रवाहनको समुचित व्यवस्था होस् । सबै विकास योजनाहरू सुविचारित एवम् सुनियोजित होस् । कलकारखाना, उद्योगधन्दाहरू बस्तीबाट टाढा हुनुपर्दछ । पशुहरूका लागि बेग्लाबेग्लै पोखरीको व्यवस्था गरिनु पर्दछ ।
नदी–झरना, नहरको पानी प्रदूषित हुनबाट बचाउनु पर्दछ । यसको लागि घरेलु तथा कलकारखानाहरूको अवशिष्ट पदार्थहरूलाई पानीको मुहानमा मिसाउनुभन्दा पहिले नष्ट गरिनु पर्दछ । डिटरजेण्ट्सहरूको प्रयोग कम गरेर प्राकृतिक वनस्पतिको प्रचलन बढाउनु पर्दछ ।
प्रदूषण रोक्नका लागि कठोर नियम बनाउनु का साथै कडाइका साथ लागू गरिनु पर्दछ । सामान्य तथा घरेलु उपयोगमा पानी प्रयोग गर्नुभन्दा पहिले पानी शुद्ध छ कि छैन भन्नेमा आश्वस्त हुन जरुरी छ । पिउनको लागि फिल्टरको पानी प्रयोग गर्ने, कुवाको पानी कीटाणुरहित पार्न बेला–बेलामा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ ।