विश्व स्वास्थ्य सङ्गठनले सन् २०१० मा प्रकाशित रेबिज विरुद्धको निर्देशिकामा केही परिवर्तन गरेको छ । सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरूको गहन छलफलपछि निकालिएको निक्र्योलको सिफारिसलाई विश्व स्वास्थ्य सङ्गठनले हालै प्रकाशित गरेको निर्देशिकामा समावेश गरेको हो ।
यो निर्देशिकाको मुख्य विशेषता भनेको आजसम्म लगाउँदै आइरहेको सुईको अवधि पहिलेको निर्देशिकामा उल्लेख गरेकोभन्दा छोटो हुनु हो । यसबाट उपचार गर्दा लाग्ने समय अवधि र आर्थिक भार कम हुनेछ । नेपालले पनि रेबिज विरुद्धको सुई लगाउने अवधिलाई छोट्याएको छ । यो नयाँ तालिका केही दिनयता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि लागू गरिसकेको छ । धेरै स्वास्थकर्मीले अहिले पनि पुरानै तालिका प्रयोग गरिरहेको र सुई लगाइरहेकाहरूबीच पनि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउँदा लगाउने अवधिलाई लिएर केही अन्योल छाएको देखिन्छ ।
नया“ तालिकामा के छ ?
रेबिज विरुद्धको सुई हाल दुई प्रकारले लगाउने गरिन्छः
१. छालामुनि लगाउने ।
२. मासु मुनि लगाउने ।
छालामुनि लगाउने– नयाँ तालिकाअनुसार छालामुनि लगाउँदा अब तीन पटक मात्र लगाए हुन्छ । योभन्दा अगाडि चारपटक लगाउनुपथ्र्यो । यो तरिकाअनुसार हरेक पटक आउँदा ०.१ एमएल दुई पाखुराको छालामुनि दिने गरिन्छ । यो तालिमप्राप्त स्वास्थ्यकर्मीहरूबाट मात्र लिनुपर्छ ।
मासुमुनि लगाउने– यो तरिकाबाट लगाउँदा अब चारपटक लगाए पुग्छ । योभन्दा अगाडि पाँचपटक लगाउनु पथ्र्यो । यो एकपटकमा एक भाइल एउटा पाखुराको मासुमुनि दिने गरिन्छ । यो टिटानसको सुईजस्तै गरी मासुमुनि दिने भएकोले अस्पताल आउन समय नहुनेले बाहिर पनि लगाउन सक्छन् ।
सुई लगाउँदा के खान हुने, के नहुने ?
यो प्रश्न सबैभन्दा बढी सुई लगाउन आउनेले सोध्ने गरेको पाइन्छ । सुई लगाउने अवधिभर यो अथवा त्यो खाने वा नखाने भन्ने हुँदैन तर धूमपान, मदिरापान, खैनीजस्ता अम्मल छोड्नु राम्रो हुन्छ ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)
–स्वास्थ्यखबरबाट