सिरहा । सिरहा मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा भाईको परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाईको नाममा एसईइ परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी अमनकुमार गोइतलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाले पक्राउ गरेको हो ।
सिरहा जिल्लामा रहेका गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमन कुमारलाई शिक्षा विकास तथा समन्वय एकाई कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।
                    
        
                                        
                                                                                                
        































