काँकडभिट्टा । झापामा शनिबार चट्याङ लागेर एक जनाको मत्यु भएको छ । दुइ जना घाइते भएका छन ।
मेचीनगर नगरपालिका १५ स्थित ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवाक्ता महेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार राउतको श्रीमती ३५ बर्षीया सुनिता राउत र भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएका छन, भने दुबै जनाको भद्रपुर स्थित ओमसाई पाथीभारा अस्पतालमा उपचार भईरहेको श्रेष्ठले बताए ।
बिहान ८ बजे तिर खेतमा काम गदै गरेको बेलामा चट्याङले लाग्दा तीनै जनाको घाइते अबस्थामा उनीहरुलाई खेतमा भेटिएको र उपचारका लागि तीनै जनालाई ओमसाई अस्पतालमा पुर्याएको थियो । भने उचारको क्रममा प्रकाशको निधन भएको हाे ।
































