धरान / धरान–१७ रेल्वे चोकस्थित मनोज शाक्यको घरमा भएको नरिवलको रुखमा आज आगो लागेको छ । नरिवालको बोटमा चट्याङ परे पछि आगो लागेको हो । हरियो नरिवलको रुखमा एक्कासी आगो दन्किए पछि रमिता हेर्नेहरु र मोवाइलमा भिडियो खिच्नेहरुको भीड लागेको थियो ।

वडाअध्यक्ष सुर्यप्रसाद भटराईले दमकललाई खबर गरे पछि धरान उपमहानगरपालिकाको दमकले आगो नियन्त्रणमा लिएको थियो ।