बिर्तामोड/ नेपाल राष्ट्र बैङ्कले निजी क्षेत्र, सार्वजनिक वा कम्पनीले राष्ट्र बैङ्कलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको छ ।

राष्ट्र बैङ्कले बिर्तामोडमा ‘आर्थिक तथा बैङ्किङ तथ्याङ्क सङ्कलनसम्बन्धी गोष्ठी’ आयोजना गर्दै आर्थिक सूचकलाई व्यवस्थित गर्नका लागि हरेक सङ्घ, संस्थाको वास्तविक आर्थिक तथ्याङ्क सङ्कलन गरेर वित्तीय विश्लेषण गर्न सहज बनाउन आग्रह गरेको छ । राष्टिङ्य तथ्याङ्क विभागले वर्षको अन्तमा मात्र तथ्याङ्क सार्वजनिक गर्ने हुनाले आर्थिक क्षेत्रसम्बन्धी ऐन निर्माण गर्न राष्ट्र बैङ्कले आफैँ तथ्याङ्क सङ्कलन गर्दै आएको नेपाल राष्ट्र बैङ्क विराटनगरका निर्देशक विनोद आचार्यले बताए ।

बैङ्कले समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको विकास, मुद्रा प्रदायक, मूल्यस्थिरता, कर्जाको विस्तार, शोधनान्तर तथा विदेशी विनिमयजस्ता विषयमा आपूmले गरेको तथ्याङ्कगत विश्लेषणको जानकारी नियमितरूपले सार्वजनिकरूपमा प्रकाशन र प्रसारण गर्दै आएको जनाएको हो । राष्ट्र बैङ्कले अनुरोध गरेको खण्डमा नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले बैङ्कलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्षको बजेट पूर्व वित्तीय विषयमा नेपाल सरकारसमक्ष समीक्षा प्रतिवेदन पेश गर्दै आएको छ । ‘राष्ट्र बैङ्क ऐन २०५८’ अनुसार नेपाल सरकारको बैङ्कर भएकाले सरकारलाई आर्थिक व्यवस्थापन, विश्लेषण र सल्लाह दिनु पर्ने भएकाले सङ्घ–संस्थाको सूचक आवश्यक पर्ने जनाइएको छ । बैङ्कले नियमित रूपमा सङ्कलन र प्रकाशन गर्ने समष्टिगत आर्थिक तथ्याङ्क, मूल्य–तथ्याङ्क, उपभोक्ता मूल्य, थोक मूल्य, तलब र ज्याला, मौद्रिक तथ्याङ्क, सरकारी वित्त तथ्याङ्क, शोधनान्तर तथा बाह्य क्षेत्रसम्बन्धी तथ्याङ्क बैङ्कले क्षेत्रीय र स्थानीयस्तरमा स्थलगत भ्रमण गरी सङ्कलन गर्ने गरेको छ ।

कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, बैङ्किङलगायतका विषयको विश्लेषणात्मक तथ्याङ्क सरकारसमक्ष पेश गर्ने राष्ट्र बैङ्कले यसप्रकारका तथ्याङ्क स्थानीय तथा प्रदेश सरकारका अलावा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र दातृ निकायले समेत उपयोग गर्दै आएका छन् । राष्ट्र बैङ्कको विराटनगरले प्रदेश– १ का ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, भmापा, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, सप्तरी जिल्लामा तथ्याङ्क सङ्कलन गर्दै आएको आचार्यले जनाए ।

कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला स्वास्थ्य कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतका कार्यालयले तथ्याङ्क उपलब्ध गराउनु पर्ने हुन्छ । यसका अतिरिक्त नगरपालिका, उप–महानगरपालिका तथा महानगरपालिका कार्यालयहरू, डिभिजन सिंचाइ कार्यालय, डिभिजन सडक कार्यालय, वित्तीय संस्था, नेपाल टेलिकम, होटल व्यवसाय, उद्योग, अध्यागमन कार्यालय, पर्यटन कार्यालय अध्ययनमा समावेश हुने क्षेत्रहरू कृषि क्षेत्र, कृषि उपजले ढाकेको भू–क्षेत्र, कृषि उत्पादन गर्ने क्षेत्रले तथ्याङ्क उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

सेवा क्षेत्र पर्यटन घर जग्गा कारोबार तथा घर नक्सा पास वित्तीय सेवा यातायात तथा सञ्चार शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रको क्षेत्रगत रूपमा विद्यमान समस्या समाधानका उपाय सम्भावना, चुनौतीको क्षेत्रलाई अध्ययनमा समावेश गर्दै आएको राष्ट्र बैङ्क विराटनगरकी उप–निर्देशक सिर्जना वास्तोलाले जानकारी दिइन् ।

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन विश्लेषण गर्दै राष्ट्र बैङ्क विराटनगरको अनुसन्धान इकाईले आर्थिक गतिविधिसम्बन्धी अद्र्धवार्षिक तथा वार्षिक प्रतिवेदन तयार गरी नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालय अनुसन्धान विभागमा पु¥याउने काम गर्दछ । तथ्याङ्कबाट पुगेको योगदान आर्थिक नीति तथा योजना बनाउन सरकार नेपाल राष्ट्र बैङ्क र राष्ट्रिय योजना आयोगलाई सहयोग पुग्ने वास्तोलाले बताइन् ।

राष्ट्र बैङ्कले नीतिगत समस्या पत्ता लगाई समाधान गर्न कृषि, उद्योग तथा व्यापार व्यवसाय र बैङ्किङ क्षेत्रलाई सुझाव दिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले उपयुक्त मौद्रिक तथा वित्तीय नीति निर्धारण गरी कार्यान्वयन गर्न, अध्ययन तथा अनुसन्धान गर्नेलाई तथ्याङ्क प्रयोग गर्नका लागि तथ्याङ्क सङ्कलन गर्ने गरेको हो ।

कुल ग्राहस्थ उत्पादनको ५ खर्ब २५ अर्ब ९ करोड ४० लाख रुपैयाँमा प्रदेश–१ को योगदान छ । यहाँको प्रतिव्यक्ति आय १ हजार २४ अमेरिकी डलर रहेको छ । नेपालको प्रतिव्यक्ति आय १ हजार ४ डलर छ । प्रदेश–१ का नागरिकको औसत आम्दानी अन्य प्रदेशका वासिन्दाको भन्दा बढी रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र बैङ्कले मागेको समयमा तथ्याङ्क उपलब्ध नगराए बिगो, त्यसको तीन गुणा जरिवाना र तीन वर्ष कैद हुने प्रावधान छ । बिगो प्रमाणित नभएको अवस्थामा १० लाख जरिवाना र तीन वर्ष कैद हुनेछ । त्यसकारण सही तथ्याङ्क उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरिएको निर्देशक आचार्यले अनुरोध गरेका छन् ।