कञ्चनपुर / बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।
महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको हुनसक्ने उनले बताए । गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले भने , “गर्भवती थिइन्, छारे रोग(मृगि)को औषधि सेवन गर्दै आएकी थिइन् ।”
स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।
गर्भवतीको डुबेर मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































