दमक / झापाको दमकमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दमक ४ स्थित चिया बगान उत्तर हडियामल जाने बाटोमा मालबाहक ट्रकले ठक्कर दिदा एक जना साइकल यात्रुको घटना स्थलमै मृत्यु भएको दमक ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राजमार्गबाट उत्तर जाँदै गरेको ना ६ ख २८९३ नम्वरको ट्रकले ठक्कर बाटो काट्ने क्रममा साईकल यात्रुलाई ठक्कर दिएको ट्राफिकले जनाएको छ । भारत घर भएको तर अहिलेसम्म नाम ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ । शव दमक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामलकुमार सुब्बाले जानकारी दिए ।