पथरीशनिश्चरे / अलि अलि गर्दै पटक पटक राहत कटौती हुँदै गयो । त्यति मात्र होइन यस बेलासम्म आइपुग्दा अव स्वनिर्भरताका लागि आफैं केही जोहो नगरी नहुने अवस्थामा आइपुग्यो ।

तर अन्तरराष्ट्यि शरणार्थी कानूनले शरणार्थीका रुपमा बसेकाहरुले अन्यत्र काम गर्न नपाउने व्यवस्था गरेकाले अरुको शरण र सहयोगमा नै निर्भर रहनु पर्ने अवस्था हुन्छ । कानूनी हिसावले बाहिर गएर काम गर्न प्रतिवन्धित गरेको अवस्था भए पनि नेपालको झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा बसोवास गर्ने भूटानी शरणार्थीले काम नगरी नहुने अवस्था सिर्जना भएको छ ।

स्वतन्त्रताको आवाज उठाउँदा भूटानी साशकले देश निकाला गरे पछि सन् १९९० देखि शरणार्थीका रुपमा भूटानीहरु शिविरमा बसोवास गर्न थाले । त्यो बेलादेखि शरणार्थी सम्वन्धि राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) ले विभिन्न ‘लायन एजेन्सीहरु’मार्फत सहायता उपलब्ध गराउन थाल्यो । तर स्वदेश फर्किने वातावरण नवन्दा आप्रवास सम्वन्धी अन्तरराष्ट्यि संस्था आइओएममार्फत सन् २००८ देखि अमेरिका लगायतका ८ वटा तेस्रो मुलुकमा सवा लाखको संख्यामा उनीहरुलाई वसोवास गराउने क्रम चल्यो । सो क्रम सन् २०१८ देखि वन्द भएपछि दुवै शिविरमा गरी ७ हजार ५ सयको संख्यामा शरणार्थी वाँकी छन् । यस परिस्थितीमा शिविरमा शरणार्थी थोरै भएपछि अहिलेसम्म आइपुग्दा दातृ निकायले हात झिकिसकेको अवस्थाले आफुहरु निकै समस्यामा परेको शरणार्थीहरुको भनाई छ । शरणार्थीहरुको प्रतिनिधिका रुपमा रहेका पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राई भन्छन् ‘दाता निकायले हात झिकेपछि हामी वसेको भूगोलको नेपाल सरकारले हाम्रो व्यवस्थापन गरिदिनु प¥यो । यो माग हामीले संघ, प्रदेश र स्थानीय पालिकासम्म पटक पटक राखिरहेका छौं ।’ तर यूएनएचसीआरले शिविरमा वाँकी शरणार्थीलाई बसेकै ठाउँमा ‘स्थानीयकरण’को कुरा अगाडि सारेर नेपाल सरकारसँग छलफल गर्दै गरेको छ ।

खाद्यान्न वन्द 

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले सन् २०१८ को जुलाईसम्म शरणार्थीलाई खाद्यान्न दियो । त्यो बेलासमेत परिवार सदस्यलाई पुग्नेगरीको खाद्यान्न प्राप्त थिएन । पछि त्यो पनि घट्दै गयो । हुँदै जाँदा २०१९ मार्चदेखि त खाद्यान्न जुटाउन नपुग्नेखालको नगद दिन थालेको छ । विपन्न तथा संरक्षण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति सदस्य मासिक १ हजार ३ सय र सामान्य अवस्थाको परिवारलाई प्रति परिवार मासिक ६ सय ५० रुपैयाँ मात्र नगद राहत प्रदान हुन थालेको छ । विपन्न तथा संरक्षण गर्नुपर्ने परिवारका लागि एकैचोटी मे महिनासम्मको ६ महिनाको र सामान्य अवस्थाको परिवारलाई मार्च महिनासम्मको रकम प्रदान भएको छ ।

अन्य सेवा सुविधा पनि वन्द 

आम्दा अस्पतालमार्फत शिविरमा हुँदै आएको स्वास्थ्य सेवा सन् २०१७ देखि वन्द भयो । त्यस अघिसम्म ओपीडी, एमसीएस, पोषण, टीवीडट, इमरजेन्सी सहित २४ घण्टा नै उपचार सेवा र फार्मेसी सञ्चालनमा थियो । पथरीशनिश्चरे शिविरका लागि ती सेवा उर्लावारी मंगलबारेस्थित उर्लावारी अस्पताल र पथरी स्वास्थ्य चौकीले प्रदान गर्ने भन्ने भएको छ । खाना पकाउने पाराभोलिक सोलार चुल्हो कार्यक्रम पनि वन्द भयो ।

कारितास नेपालमार्फत सञ्चालन हुँदै आएका शिविरका विद्यालय पनि वन्द हुँदै गए । २०१७ बाट ९ र १०, २०१८ देखि कक्षा ५ देखि ८ सम्मको पठन पाठन शिविरमा वन्द भई विद्यार्थीलाई नजिकका सामुदायिक विद्यालयतर्फ हस्तान्तरण गरिएको छ । २०१९ देखि कक्षा ४ सम्मको कक्षा समेत नजिकको सामुदायिक विद्यालयमा गाभ्ने तयारी भइरहेको छ ।

शरणार्थीको बसोबास व्यवस्थापनमा सघाउँदै आएको लुथरन विश्व फेडेरेशनले बेलडाँगी र पथरीशनिश्चरेमा केही व्यवस्थित घर निर्माणको प्रक्रिया अघि बढाएको छ । पहिलेको प्लाष्टिक र चित्राको छानो हटाई जस्तापाताको छानो र भूँइ ढलान गरी पिल्लर समेत राखेर अर्धपक्की प्रकारको घर निर्माणको प्रक्रिया गत वर्षबाट थालिएको छ । जस अन्तर्गत दमकको बेलडाँगी शिविरमा गत वर्ष ३ सय ६५ घर निर्माण भए । यो वर्षपनि ३ सय ६५ वटा घर निर्माणको क्रममा रहेको बेलडाँगी शिविर सचिव टीकाराम रसाइलीले जनाए ।

पथरीशनिश्चरेमा विपन्न तथा संरक्षण गर्नुपर्ने अवस्थाको परिवारका ५४ र अन्य १ सय गरी १ सय ५४ घर यस वर्ष बनाउने योजना छ । ती मध्ये ३० वटा घर निर्माणको क्रममा छन् । गत वर्ष ८० वटा घर त्यसखाले बनाइएका थिए । हाल १ हजार ३ सय ५० जना दर्ता भएका र १ सय बढी दर्ता नभएका गरी १ हजार ४ सय ५० को संख्यामा पथरीशनिश्चरे शिविरमा शरणार्थी छन् । जहाँ ५ सय घर छन् । शिविर क्षेत्रमा नै प्रदेशको महत्वको आदिवासी जनजातिलाई महत्व दिँदै बहुजातीय साँस्कृतिक संग्रहालय बन्ने भएपछि मनमोहन गान्धी मार्गको पूर्वतर्फमात्र शरणार्थी शिविर व्यस्थापन गर्न पहल भइरहेको छ ।

कानूनीसहितका सहायताको माग 

दाताले पहिलेको भन्दा घर चाँही अलि व्यवस्थित वनाइदिए पनि त्यस बाहेकका सुविधा नहुँदा शरणार्थी निकै समस्यामा छन् । तेस्रो मुलुक जानेसमेत वाटो वन्द भए पछि केहीले स्वदेशफिर्तीको आवाज त उठाएका छन् तर त्यो बाटो झनै जटिल बनिरहेको छ । यस अवस्थामा बसोवास तथा रोजगारी सहित मानवीय हरेक आवश्यकताका कुरा उनीहरुलाई खड्किदै जाँदैछ । पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी महिला मञ्चले त आफुहरुलाई कानूनी सहायता पनि टड्कारो आवश्यकता बनेको जनाएको छ । नगरपालिका प्रतिनिधिसमेतलाई बोलाएर ‘यौन तथा लैगिंकतामा आधारित हिंसा अन्त्य सम्वन्धि अन्तरक्रिया’ राखे ।

 

 

फायल तस्वीर

ब्ततबअजmभलतक बचभब