धरान/ इटहरीको मेयर कपमा सहभागी बन्न लागेको धरान नगर फुटबल टिमलाई सोमबार जर्सी प्रदान गरिएको छ ।
धरान उपमहानगर खेलकुद विकास समितिले फुटबल टिमलाई जर्सी, ट्रयाक प्रदान गरेको हो । जिल्ला स्तरीय अन्तर मेयर कप फुटबल प्रतियोगितामा धरानबाट खेलाडीहरू प्रतिनिधित्व गर्न लागेका छन् । धरानबाट सहभागी बन्न लागेका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई जर्सी र ट्रयाक प्रदान गरिएको समितिका सदस्य विकास चाम्लिङ राईले बताए ।
धरानको टिमबाट प्रवीन लिम्बू, आशिष कार्की, विष्णु सुनार, योगेस राई, आमोष लिम्बू, सुजन शर्मा, भोटे तामाङ, विकु तामाङ, मिलन राई, दोर्जे तामाङ, मदन लावुङ, वर्तमान राई, मनोज राई, सुशिल यादव, दिवस सुनुवार, तपन कार्की, प्रवास बुढाथोकी, सेन्सन राई, प्रशिक्षक सागर घिमिरे र टिम व्यवस्थापकमा सतिश केसी रहेको छ । उनीहरूलाई धरान उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले खेलकुद सामग्री वितरण गरेका थिए ।
































