धरान /  धरान–८ स्थित सभा गृहमा युएन कलेजले मंगलबार ८औं वार्षिक उत्सव मनाएको छ । धरान–१६ स्थित कलेजले उत्सवका साथै बिएचएम पहिलो सेमिस्टरका बिद्यार्थीलाई स्वागत पनि गरे । त्यसैगरि +२ र बिबिएस चौथो बर्षलाई विदाई पनि गरे । कार्यक्रममा बेष्ट स्टुडेन्ट अफ दि इयर आर्यन पौडेल , मोष्ट डिसिप्लिन स्टुडेन्ट अफ दि इयर युनान राई, मोष्ट क्रिएटिप स्टुडेन्ट अफ दि इयर जेन लिम्बु र अनिला क्षेत्री घोषित भए । त्यसैगरी रेगुलर स्टाफ अफ दि इयर सतेन्द्र लामिछाने, रेगुलर टिचर लफ दि इयर बलभद्र भण्डारी घोषित भए । सोसियल वर्कर स्टुडेन्ट अफ दि इयर महिमा हाङदम्बे घोषित भए ।
उत्सवमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिलाई सम्मान गरिएको थियो । त्यसैगरि खेलकूदमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण र सांगितिक कार्यक्रम भए । रविन्द्रनाथ ट्यागोरद्वारा लिखित मालिनि नाटक पनि यूएनका विद्यार्थीहरुले प्रस्तुत गरे ।
कार्यक्रममा युएन कलेजका प्रमुख डम्बर तुम्बाहाम्फेले कलेजकोबारेमा बोल्दै गर्दा प्रदेश १ का बिएचएम पढ्न चाहाने बिद्यार्थीहरु अब काठमाडौं जान नपर्ने बताए । धरानमा बीएचएम संकायमा पहिलो पटक पठनपाठन युएनमा भएको प्रिन्सिपलले दाबी गरे ।
कार्यक्रममा मिस नेपालका आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, मिस नेपाल इन्टरनेशनल वर्षा लेखी, होटल म्यानेजमेण्टका म्यानेजर प्रेम तुम्बापो, होटल म्यानेजमेण्टका कोअर्डिनेटर गगन श्रेष्ठ, एक्याम कोअर्डिनेटर विष्णु दाहाल, अध्यापक निरज मास्के, सुमन बाँस्कोटा, डिवी श्रेष्ठ, लक्ष्मण दाहाल, सिर्जना लिम्बू, अञ्जु चौधरी, विष्णु मावो, सुमित आख्राबु, प्रमोटर गणेशकुमार देवान, जगत नेम्वाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। न्यौपानेले कलेजको शैक्षिक गतिविधी, अतिरिक्त क्रियाकलापमा गरेको प्रगति सह्रानीय रहेको बताए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले वर्षेनी समाजमा रहेका योगदान गर्ने विभिन्न व्यक्तित्व साथै विद्यार्थीलाई सम्मान गर्दै आएको बताए । उनले विद्यार्थीकै कारण प्रदेश नं। १ मा मात्रै नभएर राष्ट्रियस्तरमा पनि कलेजको नाम रहन सफल भएको बताए ।  त्यसैगरी कलेजले हरेक हप्ताको शनिबार सडक बालबालिका र बिपन्न वर्गलाई खाना खुवाउने गरेको बताए ।
                    
        
                                        
                                                                                                
        































