उदयपुर / त्रियुगा क्याम्पस प्रदेश विश्वविद्यालय बनाउन नसके प्रदेशको एक मुख्य क्याम्पस बनाउने प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत बहादुर कार्कीले बताएको छ । 
क्याम्पसले विभिन्न मापदण्ड पुरा गर्दै प्रप्त गरेको क्युएए प्रमाण पत्र सार्वजनिक तथा क्याम्पस सभाको दशौँ अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विश्वविद्यालय नभए मुख्य क्याम्पस बनाउने बताएको हो । मन्त्रि कार्कीले विश्वविद्यालयले निर्धारण गरेको एक सय २० वटा मापदण्ड पुरा गर्दै नेपालमा रहेको करिब १४ सय क्याम्पसहरुको विचमा ३० औँ स्थानमा पर्न सफल भई गुणस्तरीय सुनिस्चितता तथा प्रत्यायन (क्युएए) प्रमाण पत्र प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै दाशौँ साधारणसभालाई समेत शुभकामना दिएको छ ।
उक्त प्रमाण पत्र प्राप्त गर्नुमा क्याम्पस तथा शिक्षक विद्यार्थी, क्याम्पस व्यावस्थापन समिति मात्रै नभई उदयपुर बासीकै खुसी तथा एक एतिहासिक सफलता रहेको मन्त्रि कार्कीले बताए । यस फफलता र खुसीलाई निरन्तरता दिन परम्परागत शिक्षा मात्रै नभई कृषी, वन, विज्ञान लगायतका प्राविधिक शिक्षलाई जोड दिनु पर्ने मन्त्रि कार्कीले बताए ।
प्रदेश विश्वविद्यालयका लागि छनोटमा परेका क्याम्पसहरु मध्ये सवै भन्दा उपयुक्त त्रिजव क्याम्पस नै रहेको र प्रदेश विश्वविद्यालय बनाउनु पर्ने माग गर्दै आएको र विश्वविद्यालय बनाउनमा लागि परेको प्रदेश सांसद विमल कार्कीले बताए । भौगोलीक दृष्टूीकोणले तराई देखि पहाड सम्म समेटिएको र सवै जातजातीको समावेसीता समेत रहेको क्याम्पसलाई विश्वविद्यालय बनाउनु पर्नेमा प्रदेश सांसदहरुको विशेष माग रहेका छन् । विश्वविद्यालयले ५ वर्षका लागि दिईएको क्युएए प्रमाण पत्र प्राप्त गरेका क्याम्पसले अझ राम्रो काम गरि ५ वर्षपछि पनि प्रमाण पत्रका लागि निरन्तरता दिईरहने त्रियुगा बहुमुखी क्याम्पस गाईघाट उदयपुरको क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले बताए ।
क्याम्पसले प्रमाण पत्र प्राप्त गर्नुमा उदयपुरबासीको ठुलो सफलता मिलेको क्याम्पस प्रमुख रोकाले बताए । यस प्रमाण पत्र प्राप्त गर्नुमा सवैको उतिकै महत्वपूर्ण हात रहेकाले यसलाई निरन्तरता दिईरहने प्रयास क्याम्पसले जनाएको छ ।
                    
        
        































