बेलबारी /  मोरङको बेलबारी नगरपालिका वडा नं. ४ निवासी मृगौला पीडित सरस्वती गुरुङको उपचारको लागि मकाउमा रहेका नेपालीहरुले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ । मकाउबाट संकलित रकम एक लाख त्रिपन्न हजार पाँच सय रकम हस्तान्तरण गरिएको हो ।

बेलबारी १ निवासी ईन्द्रजीत राईको संयोजनमा मकाउमा उक्त रकम संकलन भएको थियो । राईको श्रीमती टीका गुरुङले उक्त रकम पीडित सरस्वतीलाई हस्तान्तरण गरेको हो । त्यसैगरी हङकङ नेप्लीज युथले संकलन गरेको ११ हजार ६ सय रकम कमनसिंह राईले सोही दिन हस्तान्तरण गरिएका थिए । त्यसैगरी कोरियामा रहेका पूर्णहाङ राई र सितादेवी राईले पनि पाँच पाँच हजार रकम पीडित गुरुङलाई प्रदान गरेको सरस्वती गुरुङ बचाउ अभियानका संयोजक मनकुमार गुरुङले बताए ।