धरान / प्रदेश १ लाई मुलुककै नमुना र १ नं. प्रदेश बनाउने प्रदेश सरकारको घोषणा अनुसार राष्ट्रिय गौरवका आयोजनाहरु पनि धमाधम शुरु हुन थालेका छन् ।
संखुवासभाको नुममा अरुण तेश्रो जलविद्युत आयोजनाको काम १५ प्रतिशत सम्पन्न भएको छ । यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कोशी करिडोर २२० केभीए प्रशारण लाइनकोे ‘अलाइन्मेन्ट’ गरि काम शुरु गरेको छ ।
२२० केवी कोशी करिडर प्रशारणलाइन विस्तार
५ वटा जिल्लालाई समेट्ने यो प्रशारण लाइनका लागि मात्रै ४ अर्ब लागत रहेको छ । यो अबको डेढ वर्ष अर्थात २०७७ को असारसम्ममा पूरा हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हाल निर्माण कार्य धमाधम भइरहेको छ । तर धरान क्षेत्रमा भने काम रोकिएको छ । धरानको पर्यटनका आयोजनाहरु प्रशारण लाइनले अवरोध गर्ने भन्दै उपमहानगपालिकाले अलाईटमेन्ट स्थानान्तर गर्न माग गरेर प्राधिकरणलाई पत्र लेखेको छ ।
यो आयोजनाबाट झण्डै २ हजार मेघावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने तयारी रहेको छ ।
यो प्रशारण लाइन सुनसरी, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभासम्म जोडिँदै छ । यसका लागि अहिले ६ सयजना भन्दा बढी मजदुरहरू कार्यरत छन । प्रशारण लाइनका लागि २०७४ चैत्र २७ गते नै मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको थियो । २०७४ मङ्सिरमै जग्गा अधिग्रहणको काम थालिएको थियो । कतिपय जिल्लामा मुआब्जा वितरणसमेत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
भेडेटार- रवि–राँके सडक
धनकुटाको भेडेटारसदेखि पाँचथरको राँकेदसम्म जोड्ने भृडेटार-रवि-राँके सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले गत पुस २० गते कालोपत्रे सडकको शिलान्यास समेत गरि सकेका छन् । ट्याक खोलेको दुई दशकपछि १०३ किमी सडक कालोपत्रे हुन लागेको इलाम क्षेत्र नं. २ का प्रदेश सांसद घिरेन्द्र शर्माले जानकारी दिए । यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा अहिले स्थानीय कृषि उपज खेर गइरहेको थियो । इलाम, पाँचथरको सिमाना हुदै जाने यस सडकले पूर्वका कर्णाली भनेर चिनिएका पाँचथर र इलामका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसेपानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजारलाई सम्बृद्ध बनाउने सांसद शर्माले बताए ।
सडकका लागि तीन वर्षभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको छ । ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकी डलर(नेपाली ३ अर्व ६० करोड)मा कालोपत्रेका लागि सम्झौता भएको हो । यो भारतीय एक्जीम बैकले लगानी गरेको छ । सडकले धनकुटाका भेडेटार, नाप्जे, ओखे्र, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार, ६ नम्बर बुधबारे क्षेत्रलाई समेट्छ । आयोजनाले पाँथरको रविमा कार्यालय राखेर काम शुरु गरेको छ ।
यस्तै, इलामको फुयतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र हुँदै सडक राँके बजार जोडिन्छ । भेडेटार-राँके सडकलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक बन्ने छन् । तीनमा पनि यातायात पहुँच विस्तार हुने स्थानीयको भनाइ छ ।
यो सडक बने पछि ताप्लेजुङ, इलामा, पाँचथरका उत्पादन सहज रुपमा सुनसरी, मोरङलगायत प्रदेश २ र काठमाण्डौसम्म पु¥याउन सहज हुने छ । राजधानी जाने गाडीहरुसमेत भेडेटार(धरान हुदैं मदन भण्डारी राजमार्गबाट छोटो दुरीमा पुग्ने छन् । यो सडक भएर गाडी हिड्दा काठमाण्डौ पुग्न ५० प्रतिशत दुरी कम हुने सांसद शर्माले बताए ।
यसरी आयो आयोजना
तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ सभामुख भएका बेला भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले नेपालको ग्रामिण सडकमा लगानी गर्ने उद्घोष गरेका थिए । सोही अनुसार नेम्वाङकै समन्वयमा उक्त बजेट भारतले सुवास नेङ्माङको क्षेत्रमा ल्याएका थिए ।
मोदीलाई इलामको चिसो ग्रीन टि खुवाएर योजना ल्याए
नेम्वाङले मोदी नेपाल आएका बेला होटल हायतमा इलामको चिसो ग्रीट टि खुवाएका थिए । मोदीले यस बारेमा चासो लिएका थिए । त्यही चिया पाउने स्थानसम्म बाटो विस्तार गर्ने बचन दिएका थिए ।
सडक सहज भएसँगै पाँचथरको राँकेदेखि भेडेटार धनकुटा जाने आन्तरिक पर्यटक तथा धरान(विराटनगरबाट धनकुटा हुँदै राँके निस्कने पर्यटकको संख्या वृद्धि हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताए ।