धनकुटा / पाख्रिवास नगरपालिका वडा नं ५ दियालेका वर्ष २१ का आशिष मगर वेपत्ता भएका छन् । गत महाशिवरात्रीका दिनदेखि वेपत्ता भएको उनका भिनाजु टीका भूजेलले बताए । वेपत्ता खोजीतलासका लागि इलाका प्रहरी कार्यालय पाख्रिवासमा उजुरी दिइएको छ । मगरले आफ्नो मोवाईल भने घरमै छाडेर गएको उनले बताए ।
मगरका छिमेकी हरिशचन्द्र राईका अनुसार महाशिवरात्रीको दिन वेलुका देखी वेपत्ता भएको मगरको खोजीको लागी स्थानिय छरछिमेकीले व्यापक खोजतलास गर्दा पनि नभेटिएको वताए । उनले ४ दिन देखी वेपत्ता मगरको खोजीको लागी छिमेकी गाउँलेहरुले अँधेरी दोभान, माङ्गमाया खोला, कटहरे, लेगुवाघाट लगायतको स्थानमा खोजतलास गर्दा पनि नभेटिएको वताए ।