धरान / नेकपासँग सम्बद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १ नं प्रदेशका अध्यक्ष गौरी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै संगठनका इटहरी कोषाध्यक्ष सुरज थापालाई कुटपिट गरेको आरोपमा लामालाई पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ । लामाले दादागिरी देखाएको जाहेरी आए पछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
कुटपिटमा संलग्न इटहरी कै ज्ञानेन्द्र राई पनि पक्राउ परेका छन् । इटहरी धरान लाइनस्थित बस स्टेण्डमा लामा र राईले थापालाई कुटपिट गरेको बताइएको छ । प्रहरीका अनुसार थापाको अनुहार र घाँटीमा चोट लागेको र उनको एपेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घट्ना अनुसार खाँदबारी–चैनपुर चल्ने सवारी काउण्टरमा बसेका थापासँग लामा पैसा उठाउन गएको बेला हिसाब नमिलेपछि विवाद भएको थियो । लामाले दुई हजार पैसा मागेपछि नदिदा आक्रमण भएको थापाले बताए । थापाले ज्यान मार्ने उद्देश्यले आफुलाई आक्रमण गरेको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएको थिए । सोही जाहेरीका आधारमा उनीहरुलाइृ पक्राउ गरिएको थियो । कोशी संघमा काम गर्ने थापाका अनुसार लामाले यस अघि पनि ‘दादा भक्ताको रुपमा पैसा मागेर दुःख दिने गरेको आरोप लगाएका छन् ।
पक्राउको विषयमा प्रदेश १ का संगठनका सचिव लक्ष्मी वाँनियाले उनीहरुको व्यक्ति मामिलामा झगडा भएको बताए । घट्नाबारे संगठनले बुझ्ने काम गरिरहेको उनले बताए ।
प्रहरीले अाजै  म्याद थप गरि कारवाही प्रक्रिया अगाडी बढाएकाे छ ।