धरान  / पाँचथरको फागुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको हृदयघाटबाट मृत्यु भएको छ ।
।शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पु¥याइएको थियो । उनको इलामै मृत्यु भएको ब्लाष्टखवर सहकर्मी सन्देश सुब्बाले जानकारी दिए ।

वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका थिए । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो । उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । उनी साहित्यकारसमेत हुन ।