खादबारी / संखुवासभामा निर्माणाधीन जलविद्युत परियोजना अरूण तेस्रोलाई लक्षित गरी हिजो राती बम विस्फोट गरिएको छ । हिजो राती करिव १ सय मिटरको दुरीमा बम पट्काइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फोट गराइएको बताइएको छ ।
सन् २०२२ सम्ममा ९ सय मेघावाट विद्युत उत्पादन हुने अरुण तेस्रो परियोजना संचालन भइरहेको छ । परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।