बिर्तामोड /  ठेकेदार संस्थाले बालुवा उत्खनन गर्न रोक लगाएपछि आन्दोलित बनेका मजदुरले सोमबार झापाको शनिश्चरे बजार चारघण्टा बन्द गराएका छन् । शनिश्चरे खुदुनाबारी सडक बन्द गर्दै आएका मजदुरको समुहले बजार समेत बन्द गरेका छन् ।

DSC_3246 copy
अर्जुनधारा नगरपालिकाले एसयुएस कन्ट्रक्सनलाई यसबर्षको खोलाजन्य सामग्री उत्खनन गर्न ठेक्का दिएको छ । नगरपालिका र निर्माण कम्पनिबीच भएको सहमति अनुसार माघ ९ गते बिरिङ खोलामा स्काभेटर प्रयोग गरेर निर्माण कम्पनिले उत्खनन शुरु गरेको थियो । उत्खनन लगत्तै स्थानीय किसानको बिरोध खेपेको निर्माण कम्पनिले उत्खनन बन्द गरेको थियो । निर्माण कम्पनिले नगरपालिकालाई उत्खननको वाताबरण बनाउन माग गर्दै ज्ञापनपत्र समेत दिएको थियो ।
तस्विरहरुः प्रेम आचार्य

DSC_3240 copy DSC_3210 copy DSC_3244 copy DSC_3245 copy