रङ्गेली / युवा जागरण संघ नेपाल केन्द्रीय कार्यालय विराटनगरले मोरङको जहदा गाउँपालीको बुहेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई १० हजार भन्दा बढी रकम बराबरको स्टेशनरी सामग्री शुक्रबार वितरण गरिएको संघका केन्द्रीय अध्यक्ष भोला यादवले बताए । संघले स्टेशनरी सामग्रीसहित विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई डटपेन र पेिन्सलसमेत विचरण गरिएको उपाध्यक्ष नन्दलाल यादवले बताए ।
संघले केहि दिन अघि विराटनगर १४ स्थित जतुवामा गरिब तथा असाहय परिवारलाई १ सय थान कम्बल वितरण गरेका थिए ।