सर्लाही। जिल्ला सर्लाहीमा अबैध रुपमा ओसार पसार गरी लादै गरेको लाँखौ मुल्य बाराबरको काठ बरामद गरेका छन् ।
ईलाका प्रहरी कार्यालय वरहथवा सर्लाहीबाट खटिएको मोबाईल गस्ती टोलीले जिल्ला सर्लाही बरहथवा नगरपालिका–७ स्थित पुर्वबाट पश्चिम तर्फ जादै गरेको नम्बर प्लेट स्पष्ट नबुझिएको र ज १ त ६२४० नम्बर गरी २ वटा ट्रयाक्टरमा अवैध सफेदाको काठ ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएकाे हाे ।
प्रहरी टोलीलाई देख्नासाथ चालक ट्रयाक्टर छाडी फरार रहेकोले नम्बर स्पष्ट नभएको काठ लोड भएको ट्रयाक्टर टेलर सहित थान १ र ज १ त ६२४० नम्वरको टेलर सहित काठ लोड भएको ट्रयाक्टर थान १ तथा दुवै ट्याक्टरमा लोड भएको सपेताको काठको गाेलिया ७० थान अन्दाजी ४०० क्यूफिट भएको जम्मा मूल्य रु. दुई लाख बराबरको बेवारिसे काठ र ट्याक्टर नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय, प्रदेश न.२ का प्रवक्ता एवं सूचना अधिकारी डिएसपी दानबहादुर थापा बताए।