विराटनगर / विराटनगर– ८ बलवाइका राम प्रसाद र मनीदेवीको दुई छोरी मध्येकी कान्छी छोरी हु्न् रुपमति । उनी स्थानिय नारायणी स्कूलमा कक्षा १ मा अध्ययरत थिइन । ‘शनिबार रातीदेखि हराएको कान्छी छोरी नभेटिए पछि रामप्रसाद आइतबार विहान १० बजे नै मोरङ प्रहरीमा पुगे । हराएको छोरी खोजी गरिदिन उजुरीको लागि,’ बावु रामप्रसादले ब्लाष्ट खवरसँग भने, ‘त्यसै बेला छिमेकीको फोन आयो । छोरीको शव नग्ग अवस्थामा खोलाको डिलमा फेला प¥यो । छोरी खोज्न प्रहरीको कहाँ पुग्नु पनि त्यसै बेला उनले बोकेको मोवाइलमा अशुभ खवर आउदा उनी विक्षिप्त बने । उनी अवाक भए । प्रहरीसँग बोल्न सकेनन् । उनका आँखाबाट आशु रसाए । दासका ७ र ६ वर्षका २ छोरा छन् । जेठी छोरी १२ वर्षकी छिन् । रिक्सा चलाएर ७ जनाको परिवार रामप्रसादले पाल्दै आएका थिए ।

शनिबार राति साढे ८ बजे टिभी हेर्न भनेर छिमेकीकोमा गएकी थिईन । १० वर्षिय गुडिया भनिने रुपमति दास विराटनगर र कटहरी गपाको सीमामा पर्ने सिंघिया खोलाको डिलमा आइतबार मृत अवस्थामा भेटिएकी हुन् । रुपमतिको शव भेटिएको स्थान घरदेखी पाँच सय मिटर दक्षिणमा पर्दछ ।
रुपमति शनिबार राति साढे ८ बजे छिमेकी मोहम्मद नेमाको घरमा टिभी हेर्न भनेर गएको आमा मनिदेवी दासले बताइन् । तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन् । ‘कान्छी छोरी खाना खाए पछि टिभी हेर्न भनेर गएकी थिइन,’ आमा मनिदेवीले भनिन्, ‘टिभी हेर्न भनेर हिँडेकी छोरी रातीसम्म आइनन् । स्थानीयको सहयोगमा परिवारले रातभर बालिकाको खोजबिन गरिम । तर भेटन सकिएन् ।’ रातभरी खोज्दा पनि नभेटिए पछि बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरेका थिए । बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेकी थिइन् । ‘नातिनी रातीदेखि नै हराएकी थिइन्,’ हजूरआमा सीताले भनिन्, ‘खोलामा शव देखपछि पानी भित्र गएर नियाले । मतृ अवस्थामा नातिनिलाई देखपछि उनको शव बाहिर निकालेको हो ।’
डिएसपी नेतृत्वको अनुसन्धान टोली घटना स्थलमा
स्थानियले मृत अवस्थामा एक बालिकाको शव भेटिएको खबर गरेपछि मोरङ प्रहरीले तत्काल प्रहरी पचिलान गरेको थियो । डिएसपी कृष्णप्रसाद खड्का नेतृत्वमा टोली । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएका छ । उनले लगाएको कपडा भने भेटिएको छैन ।
स्थानियले रुपमतिको बलत्कारपछि हत्या गरिएको आशंका गरेको छ । नग्ग अवस्थामा शव फेला पर्नु र मुखमा चोट लागेको हुनाले हत्या नै गरेको आशंका गरेका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले अहिले अनुसन्धान भइरहेकाले बताए । ‘हामीले अनुसन्धा गर्दै आएका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो प्रमाण फेला नपरेको केही भन्न सकिने अवस्था छैन ।’ बालिकाको शव पोष्मार्टको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ ।

शव भेटिएको स्थान लागूऔषधको अखडा
बालिकाको शव भएको स्थानमा लागूऔषध प्रयोगकर्ताहरूको अखडा भएको स्थानियले बताएका छन् । मो. नश्रुलका अनुसार विराटनगर ८ बलवाइको सिंघिया खोला वरिपरी लागूऔषध प्रयोगकर्ताहरू आउने गरेको बताए । ‘यहाँको एरियामा लागूऔषध प्रयोगकर्ताहरू दैनिक जसो आउने गर्दछन्,’ उनले भने, ‘शान्ति सुरक्षाको लागि प्रहरीलाई समेत जानकारी गराएकै थियौं । आज यस्तो दुःखद घटना घटयो ।’