विराटनगर । विराटनगरमा एक बालिकाको शव फेला परेको छ । विराटनगर–८ बलवाईस्थित सिङ्गिया खोलामा १० वर्षीया बालिका मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार सोही ठाउँकी रूपमती दास मृत फेला परेकी हुन् । घरदेखि करिब २ सय मिटर दक्षिणमा मृत अवस्थामा फेला परेकी दास शनिबार बेलुकाबाटै हराएको पिता रामप्रसाद दासले जानकारी दिए ।
बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयले आसङ्का गरेका छन् । प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।