धरान / धरानका कवि एवं साहित्यकार बेणु आचार्यको मंगलबार बिहान निधन भएको छ । कवि आचार्यको बिहान करिब ४ बजेतिर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
उनको इटहरीस्थित बुढीगंगामा अन्तिम दाहसँस्कार भएको छ । धरान वडा नं १३ घर भएका आचार्य लामो समयदेखि दमलगायत रोगहरुबाट पीडित थिए । उनको श्रीमति र दुई छोरा, एक छोरी छन् । कवि आचार्यको कविता र मुक्तकहरु गरिव, शोषित एवं पीडितहरुको पक्षमा लेखिएका छन् । उनको एक चोक्टा इतिहास नामक कविता संग्रह र अर्को मुक्तकहरुको संग्रह प्रकाशित छन् ।