काठमाण्डौं / प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा ३ नं. प्रदेश इञ्चार्ज विश्वमणि सुवेदीले आफ्नो जन्मदिनको खर्च सुनसरीका अग्रज पत्रकार स्व. डम्बर थापाको नाममा स्थापित पुरस्कारमा दिने घोषणा गरेका छन् । प्रेस चौतारी सुनसरीले गत वर्षदेखि स्व. थापाको नाममा पत्रकारिता पुरस्कार वितरण गर्न शुरु गरेको थियो ।
इनरुवा– ३, सखुवागाछीका स्थायी बासिन्दा सुवेदी विगत २५ वर्षदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दैै आएका छन् । नेकपाका सचिवालय नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रेस सहयोगीको जिम्मेवारीमा पनि रहेका उनले अघिल्लो वर्षदेखि जन्मदिनमा गर्ने खानपिनको खर्च १० हजार एक रुपैयाँ वरिष्ठ पत्रकार स्व.थापाको स्मृतिमा पुरस्कार दिने घोषणा गर्दै आएका हुन् । उनको जन्म दिन यही माघ ५ गते परेको थियो । सोही उनले सामाजिक सञ्जाल मार्फत प्रत्येक स्व थापाको नाममा सुनसरीका एक क्रियाशिल पत्रकारलाई पुरस्कृति गर्ने घोषणा गरेका हुन् ।
गत वर्ष घोषित डम्बर थापा स्मृति पत्रकारिता पुरस्कारबाट इनरुवा कार्यक्षेत्र भएका ब्लाष्ट दैनिकका पुराना संवाददाता राजन निरौलाले पाएका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ती दलका भातृसंगठनबीच पनि एकता भएको छ । प्रेस चौतारी र प्रेस संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल कायम गरिएको छ । यसवर्षदेखि उक्त पुरस्कार प्रेस संगठनको नाममा वितरण गरिने सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिए । पुरस्कार राशी घोषणा गरेका सुवेदीले भने माघ १६ गते शहीद दिवसको अवसर पारेर पुरस्कृत व्यक्तिलाई पुरस्कार दिने कुरा आफ्नो फेसबुक वालमा लेखेका छन् । उक्त पुरस्कार कसलाई दिने भन्ने निर्णय प्रेस संगठन सुनसरीले गर्नेछ । पुरस्कार वितरणका लागि जिल्लाले बैठक बसी मिति तय गरिने बताइएको छ ।
स्व. थापाको नाममा प्रत्येक बर्ष सुनसरीका एक जना पत्रकार पुरस्कृत गरिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































