धरान / नेपाल नागरिक समाज जिल्ला कार्य समिति सुनसरीको तेस्रो अधिवेशनले अध्यक्षमा बाबुराम घिमिरेलाई निर्वाचित गरेको छ ।
बिहीबार धरानको गीता मन्दिरमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा दिवश पोखरेल, सचिवमा उद्दवप्रसाद अधिकारी, र कोषाध्यक्षमा हिमप्रसाद ओझा चयन भएका छन् । यसैगरी सदस्यहरूमा बलराम भट्टराई, माधव बास्तोला, गणेशकुमार पौडेल, कमलशंकर नेपाल, ममता पौडेल, गंगाप्रसाद रेग्मी, लोकराज निरौला र चन्द्रकुमार नेपाल रहेका छन् ।
अधिवेशनको क्रममा समाजमा दुई कार्यकाल बिताइसकेका पूर्व अध्यक्ष किशोरप्रसाद ढकाल र समाजसेवी सरला कायस्थलाई सम्मान पत्रले सम्मानित गरिएको छ । कार्यक्रममा प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, बरिष्ठ सल्लाहकार किशोर राईलगायतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
प्रदेश प्रमुख डा. तुम्बाहाङले नागरिक समाजका लागि योगदान दिएका समाजसेवीद्वयलाई बधाइ ज्ञापन गरे । त्यस्तै बरिष्ठ सल्लाहकार किशोर राईले नागरिक समाजले कुनै विचार बोक्न नहुने तर्क गरे । सबैको नागरिक समाज बन्नका लागि उनले सुझाव दिए । समाजले २०६५ को संसोधनसहितको विधानसमेत प्रस्तुत गरिएको प्रेमप्रसाद पौडेलले जानकारी दिए ।