धरान / समाजले यात्रु मजदुरहरुलाई फरक दृष्टिकोणले हेर्ने गरेका छन् । तर मधुमल्ला मोरङ्गका एक यातायात्र मजदुरले भने आफ्नो इमान्दारिता प्रकट गरे ।
मधुमल्ला मोरङ घर भएका र हाल धरानमा ठूलो बुबाको घरमा बस्दै आएका को १ ख २७४८ नम्बरको बसका सहचालक १८ बर्षीय भुवन श्रेष्ठले यात्रुले छोडेका बहुमूल्य सामान फिर्ता गरेर उदाहरणीय बनेका छन् ।
काकडभिट्टाबाट पाँचथर हिडेकी रिका कन्दङ्गबाको रातो व्यागसहित व्यागभित्र रहेको सुनको दुई तोला बराबरको कानको एकजोडी टप, हातमा लगाउने चादीको २ वटा बाला, कानमा लगाउने एक जोडी टपसहित नाागरिकता र नगद पाँच हजार दूधेमा ओर्लिने क्रममा बुधबार बसमै छुटेको थियो । उक्त छुटेको सामान मजदुर संगनसँग समन्वय गरेर उनले फिर्ता गर्न सफल भएका छन् ।
विहीबार पाँचथर घर भएकी रीकालाई धरानमा बोलाएर हराएको व्याग उनले जिम्मा लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संंगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुमन तिम्सिनालगायत सञ्चारकर्मी, यातयात व्यवसायीको रोहवरमा उनले रिकालाई हस्तान्तरण गरेका हुन ।
यातायात मजदुरहरुले यात्रुप्रति जिम्मेवार भएर काम गर्नु पर्दछ भन्ने लागेर आफुले व्याग धनीको खोजी गरेको उनले बताए ।
यता समान हराएकी रिकाले भने हराएको सामाग्री आफूले भेट्ने आशा नगरेको बताउदैं भाईले ठूलो सहयोग गरेको बताइइन । उनले नानीलाई गाडबिाट ओराल्ने क्रममा व्याग छाडेको र गाडी हिडिसकेका कारण झिक्न नपाएको बताइन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले हराएको सामाग्री फिर्ता नदिदा चोरीको आरोपमा कारबाही गरेका धेरै मुद्दाहरु इलाकामा भएको बताए । उनल भुवनले इमान्दारितापूर्वक सामाग्री फिर्ता गर्दा उनको कद अझ उच्च भएर बताए । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले यातायात मजदुरलाई समाजले हेर्ने दृष्टिकोणमा फरक रहेको बेला यातायात मजदुर भुवनले भेटाएको सामाग्री सम्बन्धित पक्षलाई फिर्ता दिदा सम्पूर्ण यातायात मजदुरको शिर उच्च भएको बताए । सो अवसरमा यातायात मजदुर भुवन श्रेष्ठलाई नेपाल स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वाला र इलाका प्रहरी कार्यालय धरानमा डिएसपी सुमन तिम्सिनाले दोसल्ला ओढाए सम्मान समेत गरेका थिए ।