धरान  /  चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिए पछि उनको थप उपचारको विशिष्ट चिकित्सक परिचालन गर्नु पर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले बताए पछि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली स्टेण्डवाई बनाएको छ ।
डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि उनलाई हिजो विहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहका अनुसार जानु पर्ने अवस्था आए जानका लागि टोली तयार गरेर राखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले विशेषज्ञ चिकित्सक, भेन्टिलेटलगायतका सोव तयारी अस्वथामा राख्न निर्देशन भए पछि बीपी प्रतिष्ठान तयारी अवस्थामा रहेको छ ।
साहका अनुसार टोलीमा प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रसान्त साह, जेनेरल मेडिसिनका डा. अजय यादव, एनेस्थेसियाका डा. सविन भण्डारी, आइसियु विज्ञ नर्स, प्राविधिकहरुसहितको टोली इलाम जाने तयारीमा रहेको छ । टोलीले एमजी, इसिजी, पल्स अक्समिटरलगायतका सबै उपकरणहरु पनि तयारि अवस्लिथामा राखेको छ । लाइभ इन्भेष्टिगेशनका प्याथोलोजिष्टहरुसमेत तयारी अवस्थामा राखिएको छ । आवश्यक परे जुनसुकै सुकै बेला टोलि जान सक्ने र यहाँ डा. केहीलाई यहाँ ल्याउने वातावरण बने उपचारका लागि तयारी अवस्थामा चिकित्सकहरू रहेक प्नतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । डा. केशकिा लागि एउटा भेण्टिलेटर समेत प्रतिष्ठानले रिर्जव राखेको छ । कुनै बेला हिड्नु पर्ने अवस्था भए गाडी पनि तयारी गरेर राखेको छ ।
डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५ औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि इलामा अनसन बसिरहेका थिए । उनलाई जिल्ला अस्पतालमा उपचार गराइरहेको छ ।