धरान / गत पुस २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ रामधुनी नगरपालिका ७ मा मृत फेला परेका छन् ।

सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंगलमा रहेको जरुवा पानीको कुलोमा उनको शव हिजो साँझ फेला परेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । मृतकका परिवारजनले पिहिचान गरे पछि आज परिवारलाई जिम्मा लगाइएको थियो । उनी ४ दिनदेखि बेपत्ता भएपछि परिवारले खोजी गरिरहेका थियो । मृत केही सुस्त मनस्थिति भएको बताइएको छ ।