इटहरी/सुनसरीको इटहरी उपमहानगरपालिकाका विज्ञ सल्लाहकारहरुले दीर्घकालिन योजना बनाएर अघि बढ्न उपमहानगरलाई सुझाब दिएका छन । विज्ञ सल्लाहकार समूहको वैठकमा विज्ञहरुको विषयगत समूह बनाएर सुझाब लिदा राम्रो हुने सल्लाह दिएका छन् ।

इटहरीको प्राथमिकता निर्धारण गरि अन्य स्थानीय तहभन्दा फरक र नमूना योग्य बनाउन ध्यान दिन सुझाब दिएका छन् । नमूना बस्तिको विकास गर्न,लगानी सम्मेलन गर्न,रातिसम्म पनि बजार खुल्ने गरि शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् ।

यसैगरि गौरबका आयोजना सञ्चालन गर्न, नागरिक मैत्री सेवा दिन सुझाब दिइएको छ । विज्ञ सल्लाहकार समूह गठन गरेर सुझाब लिन थालिएकोमा वैठकमा उपमहानगरको सो कार्यको प्रशंसा गरिएको छ ।

वैठकमा विज्ञसल्लाहकार समूहका संयोजक डा.दिवाकर रेग्मी, डा.वद्रि विशाल पोखरेल, ओम कोइराला, मणिराज गिरी, इश्वर भटटराई, जगदिश प्रसाद ओली, टीका दाहाल, प्रेम भटटराई, सुवर्ण थापाले सुझाब व्यक्त गरे।

यसैगरि बोधराज नेपाल, लेखनाथ घिमिरे, राजु केसी, उमा रिजाल, बलराम आर्चाय, जीवन पराजुली, रोहित कार्की, मनु मंजिल, लालबहादुर श्रेष्ठले सुझाब व्यक्त गरे । वैठकमा उपमहानगरका मेयर द्धारिकलाल चौधरीले डेढ वर्षमा भएका मुख्य-मुख्य कार्यहरुकाबारे जानकारी गरारे ।

उनले एक वर्षमा इटहरीलाई हिलोमुक्त र तीन वर्षमा धुलोमुक्त बनाउने प्रतिवद्धता जनाए । रिङरोड निर्माण कार्यलाई अघि बनाउने सोचमा उप-महानगर रहेको मेयर चौधरीले प्रष्ट पारे । उप-मेयर लक्ष्मी गौतमले उपमहानगरको पूर्वाधार सामाजिक विकास र क्षमता अभिवृद्धिका लागि वल्डबैंकको सहयोगमा डेढ अरबको कार्यक्रम माघ देखि सुरु हुने जानकारी दिए ।

प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले केहि महिना भित्रै सर्वसाधारणले अनुभूत गर्ने गरि उप-महानगरको सेवा सर्वसुलभ र नागरिक मैत्री बनाउने प्रतिवद्धता जनाए ।
– जयकृष्ण यादव