पथरी / पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुव्र्यवहार गर्ने खेम भट्टराईले माफी मागेका छन् ।
पत्रकारहरुको बिभिन्न संगठनले विज्ञप्ती जारी गर्दै दवाव दिए पछि वडा नं. १० का भट्टराईले नगरपालिका मै आएर ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति र पत्रकारहरुको उपस्थीतमा सार्वजानीक रुपमा माफी मागेका हुन ।
नगरपालिकाको कार्यालय सार्ने बिषयमा ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेको तर्फबाट विहीवार दिउँसो पथरीशनिश्चरे नपाका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि दुव्र्यवहार गरेका थिए । समाचारमा बिकेको, हाम्रो समाचार नलेख्ने, नगरपालिकाको हितमा मात्र समाचार लेख्ने आरोप लगाउँदै तथानाम गालिगलौच गर्दै दुव्र्यवहार गरेका थिए । सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समितिको पहलमा भट्टराईले अबदेखी आफुबाट यस्तो कुरा नहुने भन्दै माफी मागेका थिए ।