राजविराज / सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । बरामद गरिएका बन्चरा अन्दाजी एक लाख ३९ हजार मुल्य बराबर रहेको बताइएको छ । यि हतियार रूख काट्न प्रयाेग हुन्छ ।
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































