राजविराज /  सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । 
प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । 
पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । बरामद गरिएका बन्चरा अन्दाजी  एक लाख ३९ हजार मुल्य बराबर रहेको बताइएको छ ।  यि हतियार रूख काट्न प्रयाेग हुन्छ ।