ताप्लेजुङ / धारिलो हतियार प्रहार गरि ज्यान मार्न खोजेको आरोपमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १८ वर्षिय पुरुषलाई धारिलो हतियार प्रहार गरेको आरोपमा जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ वस्ने ३१ वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ति १८ वर्षका युवकलाई गत पौष १२ गते धारिलो हतियार प्रहार गरि गम्भिर घाईते वनाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रतिवादी शेर्पालाई जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीको टोलीले शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिए । पक्राउ परेका अभियुक्त शेर्पालाई अदालतवाट म्याद थप गरि प्रहरीले कानुनी कारवाही अघि वढाएको थापाले वताए ।