उदयपुर / उदयपुरको कटारी नगरपालिका-८ मा भएको आगलागीमा परी ४ बर्षीय बालकको मृत्यु भएको छ । कटारी नगरपालिका-८ सेतिटार खेतमा स्थानीय रामजी तामाङले आफैले बनाएको सानो गोठमा आफ्नै छोरालाई छाडी खेतमा काम गर्न गएकोमा बालकले बाबुले छाडेको लाईटर खेलाउने क्रममा हिजाे अचानक आगलागी भएको थियो । उक्त आगलागीमा परी ४ बर्षीय बालक सुमन तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटीगई कानूनी प्रकृया पश्चात मृतक शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय कटारीले  जनाएको छ ।