धरान / धरान उपमहानगरपालिका–५, साउने टोलकी १७ वर्षीया एक किशोरी बलात्कार गर्ने स्थानीय झमकबहादुर बस्नेत पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बस्नेतले आफ्नै हाडनाता पर्नेलाई दुई बर्षदेखि यौेन शोषण गरिरहेको पीडित किशोरीले सार्वजनिक गरे पछि अभियुत्तवmलाई कारवाहीका लागि असार ८ गते इलाका प्रहरी कार्यलय धरानमा उजुरी परेको थियो । उजुरी पछि बस्नेत फरार थिए ।
उजुरी परेको ६ महिना पछि अभियक्त पुस १० गते आफै अदालतमा हाजिर भएका थिए । जबरजस्ती करणी मुद्दाका प्रतिवादी झमकबहादुर बस्नेत पुर्पक्षको लागि जिल्ला अदालतको पुन १० गतेको आदेश अनुसार क्षेत्रीय कारागार झुम्का पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।