धरान / गत दशैतिहारको समयमा मेला लगाउने विषयमा भएको झडपमा मेला स्थलमा ढुङ्गामुडा गरेको आरोपमा धरानका श्रीप्रसाद लिम्ब९श्री सुब्वा०ु पक्राउ परेका छन् ।
उनकै नेतृत्वमा छिमेकी युवा क्लवले लगाउने भनेको रमाइलो विथोलेका थिए । कार्तिक ६ गत धरान –१२ स्थित पब्लिक स्कूलको प्राङगणमा लगाईएको मेलामा राखिएको स्टलमा ढुङ्गा मुडा गरी अभद्र व्यवहार गरेका आरोपमा कामराज लिम्बुको जाहेरी परेको थियो ।
सोही जाहेरकिो आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले विहीबार दिउसो धरान–३ स्थित निकेतन गल्लीबाट पक्रा गरिएको हो । उनलाई प्रहरीले खोजी रहे पनि लुकिछिपी बस्दै आएको र आज फेला पारेको इप्रकाका डिएपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । घट्नामा अन्य व्यक्ति पनि रहेको र खोजी भईहरको उनले बताए ।
श्रीसुब्वा संघीय समाजवादी फोरमका युवा नेता पनि हुन । युवा संगठनका जिल्ला अध्यक्ष भएको बताइएको छ । उनी विगतमा कतव्र्य ज्यान मुद्धामा १० बर्ष जेल सजाय भोगेर निस्कीएका व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीले धरानको डलको लिष्टमा उनलाई पनि राखेको थियो ।