धरान / धरान उपमहानगरपालिका मातहतमा रहने नगर प्रहरीमा भर्ना भएका २० जना नगर प्रहरीहरुको आज दिक्षान्त गरिएको छ ।
तालिम सम्पन्न गरेकाहरुलाई दज्र्यानी चिह्न प्रदानसँगै दिक्षित गरिएको हो । नगर प्रहरीमा २ जना असईसँगै २० जना भर्ना भएका छन् । ६ जना वारुण यन्त्रमा रहेकाहरुलाई पनि दिक्षित गरिएको उपमहानगरले जनाएको छ । परीक्षामा उतीर्ण भएपछि नियुक्ती दिएर उनीहरुलाई ३ महिना तालिम दिइएको थियो । धरान १३ स्थित संघीय प्रहरी इकाई कार्यालयले उतीर्ण भएकाहरुलाई प्रहरी तालिम दिएको संघीय इकाई प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
दिक्षिन्तहरुलाई उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी र संघीय प्रहरी इकाईका निमित्त प्रमुख डिएसपी भिमबहादुर दाहालले दज्र्यानी चिह्न एवं प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा उत्कृष्ट भएका असई खड्गबहादुर बाँनियालाई नगदसहित पुरस्कार पनि दिइएको छ ।
२० जनामा ६ जना महिलाहरु संगीता लिम्बू, अस्मिता जिमी, एलिसा राई, एलिना सापकोटा, कविता कार्की र मिना कुलुङ रहेको उपमहानगरले जनाएको छ ।