यासोक / पाँचथरको कुम्मायक गाउँपालिका आगलागीको उच्च जोखिममा रहेको छ । अधिकांस बन जंगलका क्षेत्र सुख्खा भएकाले आगलागीको जोखिम बढेर गएको हो । बर्षेनी बनजंगलमा आगलागीका घटनाहरु बढ्दै गएका छन । पानी अभावमा खेती योग्य जमिन बाँझिएर जंगलमा परिणत हुदा यस्तो समस्या देखा परेको हो ।
गाउँपालिकाको खेतियोग्य भुभाग मध्ये ६० प्रतिशत क्षेत्र जंगल रहेको छ । बर्षेनी बर्षाद कम हुदंै जाँदा बेशीक्षेत्रका जंगलका बोट बिरुवाहरु मर्न थालेको स्थानीय बताउछन । ‘पहिला खेति गरेका जमिन अहिले जंगल भएका छन् । स्थानीय देउमान थापाले भने, बेशीक्षेत्रमा कहिलै नमर्ने बास पनि मर्न थालेको छन । बस्ती मुनि घना बनजंगल हुदा आगलागीले ठूलो क्षति पु¥याउने सम्भावना बढेर गएको थापाले सुनाए । +
जिल्लाको सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको कुम्मायक गाउँपालिका १२९.३० बर्ग किलोमिटरमा फौलिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक, धार्मिक, कवुलियती गरि १९ वटा सामुदायिक वन छन । अधिकांस सामुदायिक बनमा समयमै अग्नी रेखा आगलागी सम्बन्धी जनचेताना अभिबृद्धि नगर्दा आगलागीको घटनाबाट लाखैंको क्षति हुदै आएको छ । सुख्खा मौैसम सुरु भएसँगै आगलागीको समस्या बर्षेनी बढ्दो क्रममा छ । बितेको ५ बर्ष यताको तथ्याङक अनुसार ५ वटा सामुदायिक बन र १ सय २८ घर आगलागीबाट नष्ट भए । धनजनको नोक्सानबाट करोडौंको क्षति गाउँपालिकामा भएको छ । अधिकांस आगलागीका घटना स्थानीयको लापरवाहीले नै हुने गरेका छन ।
गाउँपालिकामा १९ वटा सामुदायिक बन मध्ये १६ वटा सामुदायिक बन अति संवेदनशिल र ३ वटा सामुदायिक बन संवेदनशिल बनक्षेत्र भएकाले उच्च सतर्कत्ता अपनाउनु पर्ने कार्यालयका सहायक बन अधिकृत ऋषिराज पराजुलीले जनाए । गत बर्ष मात्रै दुई सामुदायिक बनमा भएको आगलागीबाट २ हेक्टर बनक्षेत्र नष्ट भएको स्मरण गर्दै उनले बन जंगलको संरक्षण गर्न सबैले ध्यान दिनुपर्ने जोड दिए ।