धरान । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओडकी आमाको करेन्ट लागेर निधन भएको छ ।

बुधबारबिहानै पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि उपचारका लागि लाने क्रममा बाटोमै निधन भएको हो । ४५ वर्षीया विष्णा ओडको सेती अञ्चल अस्पतालमा पु¥याए लगत्तै चिकित्कसहरूले मृत घोषित गरेका थिए ।

विष्णा ओड रविका कर्म दिने आमा हुन् । उनको जन्मपछि आमाको निधन भएपछि विष्णाले पालनपोषण गर्दै आएका थिए । आइडल घोषणापछि आमासँग खुसी राम्ररी साट्न नपाउँदै निधनले उनी स्तब्ध बनेका छन् ।

कञ्चनपुरको एक कार्यक्रममा सम्मान तथा अभिनन्दन थाप्नमा व्यस्त भएको समयमा उनको आमाको निधनले उनी स्तब्ध बनेका हुन् । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । तर, उनको आमाको अस्पताल पु¥याउनुअघि नै निधन भइसकेको थियो ।