धरान/ किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष सुवाचन्द्र लिम्बूले एक महिलासँग सामान्य विवाद गर्दा हात लगाएकाे आरोपमा बुधबार बिहानै पक्राउ परेका छन् ।
चासाेक तङ्नामकाे अवसरमा धरानकाे चुम्लुङ्ग हिममा लगाइएकाे मेलामा स्टल राख्ने महिलासँग सामान्य विवाद परेकाे समयमा अध्यक्ष लिम्बुले ठेलाटेल गरेकाे आरोप महिलाले लगाइकी छिन् ।
चुम्लुङ्ग हिममा खबर पाएपछि इलाका प्रहरी कार्यालय धरानकाे टाेली पुग्दा आदिबासी जनजाती महासंघ धरानका अध्यक्षसमेत रहेका लिम्बुले मादक पदार्थ सेवन गरेकाे र साेधखाेज गर्दा प्रहरीसँग भनाभन भएकाे डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । अहिले अध्यक्ष लिम्बु धरान इलाका प्रहरी नियन्त्रमा छन् । चासाेक तङ्नाम अायाेजक नै किरात याक्थुङ चुम्लुङ धरान कमिटी रहेकाे छ ।
‘पीडिले विहान जाहेरी दिएकी छन् । जाहेरी दिए पछि आवश्यक अनुसन्धान गर्नु पर्ने हुन्छ । दुई पक्षविच पनि छलफल भईरहेको छ ।’–डिएसपी तिम्सिनाले भने । महिलामाथि भएको घट्ना गम्भीर प्रकृतिका हुने भएकाले पीडितको माग अनुसार कारवाही अगाडी बढ्ने डिएसपी तिम्सिनाले बताए ।