राँझा ।  नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो । 

समयमै दमकल र प्रहरी पुगेका कारण आगलागीबाट वरपरका अन्य पसल जल्नबाट बचेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठले बताए। 
नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले विद्युत् चुहिएर भएर आगलागी भएको बताए । पसलको बीमा गरिएका कारण केही राहत भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घको आपतकालीन राहत कोषबाट रु ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताए।