इटहरी/ प्रदेश नम्बर एकमा मंसीर महिनामा १ सय ८७ वटा सवारी दुर्घट्ना हुदा ३९ जनाले अकालमा ज्यान गुमाएका छन । प्रदेश एकमा मंसीर महिनामा सबै भन्दा धेरै सवारी दुर्घट्ना भएको छ । एक महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाईकल दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

एक नम्बर प्रदेश टूाफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंसीर महिनामा भएका १ सय ८७ वटा सवारी दुर्घटना मध्ये १ सय वटा घटना मोटरसाईकल दुर्घट्ना छन् । यस्तै कार जिप २६, बस १६, टूक १२, सार्वजनिक सवारी साधन १२ ट्याक्टर ११, टिूफर ५, र टेम्पो ५वटा दुर्घट्नामा परेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

मंसीर महिनामा सबै भन्दा धेरै सवारी दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी कार्यलय इटहरीका एसपी कृष्ण प्रसाईले १ सय ८७ वटा सवारी दुर्घटना हुदा ठुलो मानविय क्षती हुन पुगेको उनको भनाई थियो । हामीले प्रदेश एकको विभिन्न ठाउँमा सवारी दुर्घट्ना न्यूनिकरण गदै आए पनि मंसीर महिनामा सवारी दुर्घट्ना धेरै भयो उनले भने ।

सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । इटहरीका सामाजिक अगुवा अनुरोध थापा भन्छन् कानुन र हेलचेक्राईकै कारण दुर्घट्ना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ उनी भन्छन् ।

मुलुकका सहरी क्षेत्रका सडकको अवस्था बिजोग अवस्था छ । ग्रामीण सडक जीर्ण छन् । साँघुरा भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हुँदैन । सवारीको गतिमा एकरूपता छैन । अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।

सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको कारण दुर्घट्ना न्युनिकरणमा लाग्नु पर्ने सर्वसाधरणको माग छ ।

किन बढ्दै छ सवारी दुर्घटना ?
टूाफिक प्रहरी कार्यलयकै खाता पल्टाउने हो भने पनि पूर्वमा दैनिक एक जना भन्दा वढि सर्वसाधरणले दुर्घट्नाकै कारणवाट ज्यान गुमाईरहेको तथ्याङक भेट्न सकिन्छ । दुर्घट्नालाई न्युनिकरण गर्ने भन्दै रोडका राजा झै रातो रसिद सहित वसेको टूाफिक प्रहरी दुर्घट्ना न्युनिकरण गर्ने खोजे पनि दुर्घट्ना न्युनिकरण वषै देखि उस्तै छ ।

महिनाको सरदर दैनिक एक जनाले सडक दुर्घट्नाकै कारण अकालमै ज्यान गुमाईरहेको भए दुर्घट्ना बढ्नुको कारण के हो ? किन बढिरहेको छ ? भन्ने विषयमा कुनै निकायले पनि चासो दिएको छैन । सेकुवा पसल देखी गौडा हेरेर गुण्डागर्दी नै शैलीमा चेकिङ गरेको भए पनि दुर्घटनामा भने किन कमि नआएको होला ! ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा । तर खै त दुर्घटना नियन्त्रण किन हुदैन ?

अधिकांशसँग लाईसन्स छैन
कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमामा दर्ता भएको अधिकांश मोटरसाईकल र स्कुटर चालक अनुमति पत्र (लाईसेन्स) बिनै गुड्ने गरेका छन् । हाल कोशीमा ३ लाख ५४ हजार मोटरसाईकल र स्कुटर दर्ता छन् ।

दर्ता भएको संख्याको आधा भन्दा बढी सबारीहरु लाईसेन्स बिनै सडकमा गुडिरहेका हुन । चालु आर्थिक बर्षको भदौसम्म १ लाख ३९ हजार १ सय ५१ मोटरसाईकल र स्कुटरको ६ हजार ३२ जनासँग मात्र लाईसेन्स छ ।

कुल ३ लाख ५४ हजार बाईक र स्कुटर मध्ये १ लाख ४५ हजार २१३ जनाले मात्र लाईसेन्स लिएको यातायात व्यवस्था कार्यालय कोशीका अधिकृत सञ्जय शाह बताउँछन । उनी भन्छन् सडकमा बाईक हुने धेरै टिनेजरहरु सँग लाईसेन्स नै छैन ।

जरीवनामा छुट्दै अबैध चालक
५ सयमा अबैध चालक अनुमति पत्र (लाइसेन्स) नभए पनि कोशीमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्न पनि सक्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाए ट्राफिक प्रहरीले सामान्य जरिवाना तिरेपछि छुटकारा दिइन्छ ।

लाइसेन्स नभएका सवारीहरु पनि जरीवनामा छुट्दा सवारी दुर्घट्ना बढेको छ । इटहरी १ का विद्यार्थी तथा फोटोग्राफर दिपक गौली भन्छन् लाईसेन्स नभएकाहरुलाई सवारी कुदाउँन दिएर जरीवना मात्र तिराउँदा दुर्घट्ना बढेको छ ।

अदक्ष चालकहरुलाई सडकमा जरीवना मात्र लिने हो भने दुर्घट्ना अझै बढ्न जान्छ गौलीी भन्छन् ।  अदक्ष चालकहरुलाई टूाफिकले जरिवाना वापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् ।

ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने सवारी चालक पनि टूाफिकको आँखा छलेर यसरी नै सवारी चलिरहेकाहरुलाई कार्वार्ही गर्नु पर्छ ।