धरान / धरान–१२ स्थित महेन्द्रपथमा रहेको अमन श्रेष्ठको घरमा शनिबार राति आगलागी हुदा तीन वटा पसल जलेका छन् ।
आगलागीका कारण सो घरका ३ वटा सटर भाडामा लिएर संचालन भएका ग्लोमिङ पार्लर, सेरिना लेडिज टेलर्स र अर्को एउटा सञ्चालनको तयारीमा रहेको फेन्सी पसल जलेर त्यहाँ भएका भैतिक सामानहरु पुर्ण नष्ट भएका छन् ।
सेरीना लेडिज टेलर्सका संचालक दिलिप नेपालीका अनुसार १२ बजे आगलागीको खबर पाएपछि टेलर्समा पुग्दा सटरभित्रबाट ठुलो आगोको मुस्लो निस्किरहेको थियो । सबै जले पछ आफु पुगेको उनले बताए ।
उनले भने–‘म त्यहाँ पुग्दा आगो बलिरहेको थियो । हिजो पनि हामीले लाइन नभएको कारण केहि काम गरेनौै, कसरी आगो लाग्यो भन्ने नै थाहाँ भएन ।’ उनका अनुसार उनको टेलरमा रहे
को कपडा तथा मेसिन लगायत गरी अनुमानित करिब ३ लाख बरबरको क्षति भएका छ ।
यस्तै ग्लोमिङ पार्लरकी सञ्चालिका सन्ध्या श्रेष्ठका अनुसार उनको ७ लाख हारा
हारीको सामानहरु जलेर नष्ट भएको छ । उनले आगलागी भएको जानकारी पाएर राती करिब १ बजेतिर आइपुग्दा उनको पार्लर पुर्णरुपमा भैसकेको उनले बताइन् ।सञ्चालनको तयारीमा रहेको फेन्सी पसलको भने फर्निचरहरु मात्र भएकोले अन्य दुई पसलको जति क्षति नभएको संचालकले बताए ।
घर सबै भाडामा लगाएका कारण घरधनी त्यहाँ बस्दैनन् । घरमा कसरी आगलागी भयो भन्ने खेलेको छैन । प्रहरीले भने विद्युत सट भएर आगलागी भएको बताएको छ ।
स्थानीय र प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । सागुरो बाटो भएकाले दमकलले परैबाट आगो निभाएको प्रहरीले जनाएको छ ।